काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताए ।
उनले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताए। उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए । उनले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए ।
उनले भने, ‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने हो । तपाईहरुले सफलताको भोक पनि राख्नुस् । परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन् । म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भनने तनाव छ । ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ । अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ । सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन् । सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ । काम गर्ने हो तर फलको आश नगर्ने हो । कर्म इमान्दारिताका साथ गर्नुपर्छ ।’ महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होलीको शुभकामना दिँदै निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन गगन थापाको अपिल
प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा
मध्यपूर्वको तनाव बढेपछि नेपालीहरूको सुरक्षा अवस्था झनै संवेदनशील बनेको छ : गगन थापा
चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर मात्रै हुँदैन : गगन थापा
‘सिस्टम नबनाएसम्म देश बन्दैन’ : गगन थापा
२०७४ यताका वर्ष दुर्भाग्यपूर्ण, ०८२-८७ स्वर्णिम काल बनाउँछौँ’: गगन थापा