आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०८०, १३ : ५४
आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौं । राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ । 

विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो ।

यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो । 

प्रतिक्रिया दिनुहोस