शिखा हत्याकाण्ड : जेठमै बिहे भएको थियो

पत्रपत्रिकाबाट

आइतबार, ०३ भदौ २०७५, ०८ : ४७
शिखा हत्याकाण्ड : जेठमै बिहे भएको थियो

मोरङ  ।  ग्रामथान ३, सिद्रहामा शुक्रबार हत्या गरिएकी विराटनगर १३ की २२ वर्षीया शिखा घिमिरे र हत्या आरोपी दिनेश भट्टराईबीच तीन महिनाअघि नै विवाह भइसकेको परिवारका सदस्यले बताएका छन् ।

दिनेशले शिखासँग ‘कोर्ट म्यारिज’ गरेको पारिवारिक स्रोतले बताएको छ । दिनेशकै खर्चमा दुवैजना ‘डिपेन्डेन्ट भिसा’ मा अस्ट्रेलिया जाने तयारीमा थिए ।

शिखाको शनिबार दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा दुवैतर्फका परिवारका सदस्य सहभागी भएका छन् । काठमाडौंको एक पस्मिना उद्योगमा प्रिन्टिङ डिजाइनको काम गर्दै आएका मध्यमवर्गीय परिवारका कृष्ण घिमिरेले छोरी शिखालाई स्थानीय दिनेश भट्टराईसँग जेठमै कानुनी रूपमा विवाह गरिदिएको बताए । ‘दिनेश र शिखा दुवै डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाँदै थिए,’ उनले भने, ‘उनैले शिखालाई हत्या गरेको पत्याउनै गाह्रो भइरहेको छ ।’ अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस