काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि (असोज १ गते) बन्द हुने भएका छन् ।
प्राधिकरणले एक सूचना जारी गर्दै सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।
विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औचारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने
साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो
चार महिनामा झण्डै १३ अर्बको विद्युत भारत निर्यात
आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन