चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३१ भदौ २०८०, ०७ : ०६
चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । 

शनिबार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी र्दिए ।

उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए । 

प्रतिक्रिया दिनुहोस