सुन्दरहरैँचा । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर स्थानीयले फेला पारेका थिए । पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो ।
प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
घरको छानाबाट लडेर एक जनाको मृत्यु
टिपरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयद्वारा आगजनी
भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काभ्रेमा गाडीको ठक्करबाट एकको मृत्यु