एजेन्सी। उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्यको रायबरेलीमा आजै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिँदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरी अधिकृत मार्तण्डप्रकाश सिंहले बताएका छन् । आफूले रोकेको ट्रकको अवस्थिति निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट
आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । राज्यको अलिगढबाट मथुरा नजिकैको कोकिलावन धाम शनि मन्दिरतर्फ गइरहेका उनीहरू अलिगढका बासिन्दा हुन् भने ट्रक चालक बिहारको छपराका निवासी हुन् ।
प्रहरीका अनुसार रायबरेलीमा भएको दुर्घटनाग्रस्त कारमा पाँच जना सवार थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त कारमा दुई जना पुरुष र एक महिला थिए । दुवै दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
मुठभेडमा एक आतङ्कवादीकाे मृत्यु
यसैबीच, भारत प्रशासित जम्मु– कश्मीरको बारामुल्ला जिल्लाको उरीमा शनिबार बिहान सुरक्षाफौज र आतङ्कवादीबीच भएको मुठभेडमा एक जना आतङ्कवादी मारिएको छ। भारतीय सेनाले जम्मु –कश्मीर प्रहरीका साथ अनन्तनाग जिल्लाको कोकरनाग क्षेत्रको गडोल वन क्षेत्रमा विगत चार दिनदेखि सुरक्षा कारबाही गरिरहेको जनाएको छ ।
अनन्तनाग ‘अपरेशन’का क्रमा बिहीबारदेखि बेपत्ता भएका एक जना सिपाहीको शव शुक्रबार फेला परेको तथा अर्को एक जनाले देशका लागि प्राण उत्सर्ग गरेको सेनाले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
घरको छानाबाट लडेर एक जनाको मृत्यु
टिपरको ठक्करबाट एक युवकको मृत्यु, स्थानीयद्वारा आगजनी
भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काभ्रेमा गाडीको ठक्करबाट एकको मृत्यु