सल्यान । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुंगास्थित शुकबहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हिजो साँझ खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् ।
ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनीहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु