सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १२ : ०४
सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

काठमाडौ । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार (भदौ २८ गतें) बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस