सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक १३ मन्त्री परिवर्तन

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, १३ : ४७
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक १३ मन्त्री परिवर्तन

जापान । सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।बुधबर उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडिपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रीमण्डल पुनर्गठन गरेरका हुन् ।

गत वर्ष यता उनले दोस्रो पटक मन्त्रीमण्डल पुनःगठन गरेका हुन् । पुनःगठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन् । जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन् ।बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र उद्योगमन्त्री यासुतोशी निशिमुरा लगायत ६ जना वर्तमा क्याबिनेट सदस्य आफ्नै पदमा रहनेछन् । किनभने प्रमुख पदहरुमा उनले स्थिरता कायम गर्न खोजेका छन् । 

 

योशिमासा हयाशीको स्थानमा परराष्ट्रमन्त्रीमा पूर्वन्यायमन्त्री योको कामिकावा नियुक्त भएकी छिन् अब मन्त्रीपरिषद्मा महिलाको संख्या दुईबाट पाँच पुगेको छ । राष्ट्रिय परिचयपत्र प्रणालीलाई लिएर जनताको असन्तुष्टि, मूल्य वृद्धि लगायतका कारण उनको आलोचना हुँदै आएको थियो ।