काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवास नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन् ।
अध्यक्ष नेपालले उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत बताए ।
एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीमाझ उनलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताए ।
कुनैपनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैँभरि लागि रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताए । उनले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रुपमा पनि स्मरण गरे।
अध्यक्ष नेपालले संविधान निर्माणमा मात्रै नभई त्यसको कार्यान्वयनमा पनि नेम्वाङको सधैभरि जोड दिएको भन्दै उनले सो कार्यलाई पूर्णता दिने काममा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल
वंशको आधारमा लुट्नेहरूको हातमा देश बर्बाद हुन्छ : नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल