बल्खुमा एक पुरुषको शव फेला

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १९ : ०५
बल्खुमा एक पुरुषको शव फेला

काठमाडौं । बल्खु खोलाको झोलुंगे पुलमुनी एक पुरुषको शव भेटिएको छ। सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। 

चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुलमुनि पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार शव फेला परेको हो। 

यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस