गाउँपालिकाको निर्णयः गाँजा लगाए सुविधा नपाइने

पत्रपत्रिकाबाट

शनिबार, ०२ भदौ २०७५, ०८ : ३६
गाउँपालिकाको निर्णयः गाँजा लगाए सुविधा नपाइने

हेटौंडा ।  मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ ।

'गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन ।', कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, 'गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्ण रुपमा विस्थापित गर्न यस्तो निर्णय गरेका हौँ । '

त्यस्तै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँबाट गाँजा र अफिम खेती विस्थापित गरिने बताए । समाचार अनुसार, जिल्लाका पश्चिमी क्षेत्रका यी दुई गाउँपालिकामा गाँजा र अफिम उत्पादन अत्याधिक हुन्छ ।

प्रतिक्रिया दिनुहोस