प्रधानमन्त्री मोदीद्वारा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई जी–२० अध्यक्षको पद हस्तान्तरण

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, १५ : २१
प्रधानमन्त्री मोदीद्वारा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भालाई जी–२० अध्यक्षको पद हस्तान्तरण

नयाँ दिल्ली। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार जी–२० शिखर सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी–२० को अध्यक्षको औपचारिक पद हस्तान्तरण गरेका छन्।

‘म ब्राजिलका राष्ट्रपति र मेरो समकक्षी लुला दा सिल्भालाई बधाई दिन्छु र अध्यक्षको पद हस्तान्तरण गर्दछु’, प्रधानमन्त्री मोदीले नयाँ दिल्ली जी–२० शिखर सम्मेलन समाप्त हुनु केही मिनेट अघि भने।

यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा सिल्भाद्वारा संचालित जी २० शिखर सम्मेलनको तेस्रो सत्रअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिरुवा हस्तान्तरण गरिएको थियो।

गत वर्ष इन्डोनेसियाले जी २० को अध्यक्षता पाएको थियो भने भारतपछि ब्राजिलले अध्यक्षता पाउनेछ। भारतले गत वर्ष डिसेम्बर १ मा इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनमा जी–२० को अध्यक्षता ग्रहण गरेको थियो र यो नोभेम्बरको अन्त्यसम्म जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस