काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हृयाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकासको बारेमा कुराकानी भएको थियो । सो अवसरमा मन्त्री महतोले नेपालको विकास र संमृद्धि एवम् दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, १३ : ५६
लेखकबाट थप