माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०८०, ०९ : ३७
माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले जारी गरेको १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ आज बाँटफाँट गर्दैछ । कम्पनीले भदौ १० देखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज (आइतबार) आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गर्ने भएको हो । माण्डुको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ ।

माण्डुको आइपीओमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । एक लाख २० हजार ५३२ जनाले मात्र पाउनेछन्‌ । आवेदन दिएका बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली हुनेछ । 

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी १२ लाख ५ हजार ३२० कित्तामा सर्वसाधारणलाई आवेदन आह्वान गरिएको हो ।

माण्डु हाइड्रोपावरले मकवानपुरको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजना निर्माण तथा सञ्‍चालन गरिरहेको छ ।