सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०८२, १० : २६
सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड शुक्रबार गरेको हो।

एक लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा भएको नेपालीका लागि निष्काशन गरेको थियो। १४ हजार ५२० जना आवेदकलाई १०/१० कित्ताका दरले आइपीओ पाएका छन्।

प्रतिकित्ता १०० रुपियाँका दरले कम्पनीले गत साउन २८ देखि भदौ १ गतेसम्म विदेशीका लागि आइपीओ निष्काशन गरेको थियो।

आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ। अब सर्वसाधारणका लागि आइपीओ निष्काशन हुने छ।

प्रतिक्रिया दिनुहोस