समानुपातिक सिट हटाएर २४० सिटमा प्रत्यक्ष निर्वाचन गरौं :नेता कोइराला

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १६ : ०४
समानुपातिक सिट हटाएर २४० सिटमा प्रत्यक्ष निर्वाचन गरौं :नेता कोइराला

काठमाडौं। कांग्रेस नेता डा. शेखर कोइरालाले निर्वाचन प्रत्यक्ष नै गर्नुपर्ने भन्दै १६५ बाट बढाएर २४० क्षेत्र पुर्याउन प्रस्ताव गरेका छन् । कांग्रेसको चितवन जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले अहिलेको प्रत्यक्ष सिटमा संख्याबाट ७५ सिट बढाएर एक सिट समानुपातिक सिट हटाउनुपर्ने बताएका हुन् ।

‘हामी प्रत्यक्ष निर्वाचनमा जानुपर्छ । अहिले प्रत्यक्षमा १६५ सिट छ । यसलाई अलिकति बढाऊँ । संविधानसभामा २४० वटा सिट थियो । अब ७५ सिट बढाऊँ । यसमा महिला र दलितलाई आरक्षण गरेर चुनाव लडाऊ,’ शेखरले भने, ‘अल्पसंख्यक थारू, जनजातिसहितलाई समानुपातिक आधारमा राष्ट्रिय सभामा लानुपर्छ ।’

 

यसका लागि संविधान शंसोधनको पक्षमा कांग्रेस र एमाले तयार रहेको पनि उनले बताए ।‘कांग्रेसले मात्रै भनेर हुँदैन संविधान संसोधन गर्नुपर्छ । एमाले मान्छ । तर माओवादी र अन्य दल मान्ने पक्षमा आजका दिनमा छैनन् । तर छलफल अघि बढाउँदा निर्वाचनभन्दा अगाडि नै हामी निचोडमा पुग्छौं भन्ने लाग्छ,’।