एसिया कप क्रिकेट : आज श्रीलङ्का र बङ्लादेश खेल्दै

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, ११ : १६
एसिया कप क्रिकेट : आज श्रीलङ्का र बङ्लादेश खेल्दै

काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज घरेलु टोली श्रीलङ्का र बङ्लादेश खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे कोलम्बोमा शुरु हुनेछ ।

सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरको पहिलो खेलमा बङ्लादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।