मन्त्रिपरिषद्‌का निर्णय : २८० पदमा अस्थायी दरबन्दी सिर्जनादेखि खानेपानी आयोजनामा २३९ कर्मचारीको भर्तीसम्म

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १६ : ४१
मन्त्रिपरिषद्‌का निर्णय : २८० पदमा अस्थायी दरबन्दी सिर्जनादेखि खानेपानी आयोजनामा २३९ कर्मचारीको भर्तीसम्म

काठमाडौं। मन्त्रिपरिषद्‌को २१ भदौमा बसेको बैठकले २८० पदमा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।बैठकले सबैभन्दा बढी खानेपानी मन्त्रालय अन्तर्गतका आयोजनामा २३९ कर्मचारीको लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

 

सरकारले २४० जना अधिकृत स्तरका कर्मचारीको लागि अस्थायी दरबन्दी गरेर र कर्मचारी भर्ती गर्ने भएको छ ।सञ्चार मन्त्रालय अन्तर्गत ३१ र पर्यटन मन्त्रालय अन्तर्गत १० अधिकृत स्तरको दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस