चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १६ : ३४
चिनियाँ राजदूत सोङविरुद्ध प्रदर्शन

काठमाडौँ । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारतको सम्बन्धबारे दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेको छ ।

लोसपा महोत्तरी जिल्लाले आज जलेश्वरमा प्रदर्शन गरेको हो । भारत र नेपाललाई जोडेर दिएको अभिव्यक्त कूटनीति मर्यादा विपरीत भएको भन्दै राजदूत सोङलाई फिर्ता पठाउन सरकारसँग माग गर्दै प्रदर्शन गरेको छ । महोत्तरी महन्थ ठाकुरको चुनावी क्षेत्र हो ।