काठमाडौं । उच्च हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा वैशाखदेखि नै यार्सागुम्बा अनुमति माग्न सकिने भएको छ ।वन तथा वातावरण मन्त्रालयले यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिकाको मस्यौदा तयार पारेको छ ।
उक्त मस्यौदाले अब यार्सागुम्बा संकलन वैशाखदेखि असारसम्म गर्न सकिने गरी समय तोकेको हो । यसअघि यस्तो समय जेठ दोस्रो सातादेखि असार मसान्त थियो ।मन्त्रालयले शुक्रबार मस्यौदा सार्वजनिक गर्दै यसमा यसमा राय सुझाव भए १० दिन भित्र उपलब्ध गराउन समेत भनेको छ ।
मस्यौदा अनुसार हरेक वर्ष वैशाखदेखि असार मसान्त भित्र बढीमा ३० दिनको समय तोकेर यार्सागुम्बा संकलनको अनुमति दिइने भएको छ । यार्सागुम्बा संकलन गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्छ । एक व्यक्तिलाई एक वर्षमा एक पटक मात्र यार्सागुम्बा संकलनको अनुमति दिने प्रावधानले निरन्तरता पाएको छ ।
संकलित यार्सागुम्बा ओसार पसार गर्न चाहने व्यक्ति, फर्म र कम्पनीले समेत सम्बन्धित संरक्षण कार्यालय वा परिषद्हरुमा निवेदन दिनु पर्छ । त्यसपछि कार्यालयले छोडपत्र अनुमति दिन्छ । यस्तो अनुमति पाएको ३० दिन भित्र ओसार पसारको काम सकिसक्नु पर्छ । यसअघि २०७३ सालमा बनेको निर्देशिकालाई नयाँ निर्देशिकाले प्रतिस्थापन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
१० महिनामा २१ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात
२० करोड बराबरको यार्सागुम्बा निर्यात
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी