एड्भान्स अटोमोबाइल्स र सानिमा बैंकबीच कर्जा सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १५ : ३९
एड्भान्स अटोमोबाइल्स र सानिमा बैंकबीच कर्जा सम्झौता

काठमाडौं। नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्स र सानिमा बैंक लिमिटेडबीच कर्जा सम्झौता भएको छ ।नजिकिँदै गरेको दशैं, तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

 

अटोमोबाइल्स प्रालिका जेनेरल म्यानेजर अधीरकुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिङ्ग डिपार्टमेन्ट हेड विशाल दाहालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकमार्फत सहुलियत दरमा फाइनान्सको सुविधा पाउने छन् ।

 

यो सुविधा रेनोका देशभरका आधिकारिक डिलर र नजिकै रहेका सानिमा बैंकको शाखामा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको साथसाथै रेनोले नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरेर “रेनो शुभ कार रम्भ” योजना पनि सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत रेनोका ग्राहकहरूलाई ७ लाखसम्मको छुट र इजी फाइनान्सको व्यवस्था गरिएको छ ।यसका साथै एक वर्षसम्म निःशुल्क सडक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरलगायतका सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस