बारा । सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बारास्थित उनको निवासबाट पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतका अनुसार ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा उनी पनि संलग्न रहेको देखिए पछि थप अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो ।
बाराका अध्यक्ष पक्राउ परेसँगै सो ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म २८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो