काठमाडौँ । राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधि सभामा पेश गरिएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् । उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवेदन पेश गरेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २७ गते बुधवार दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, २० : ३९
लेखकबाट थप