काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।बिहीबार प्रधानमन्त्री प्रचण्ड आफ्नो चीन भ्रमणबारेको छलफलमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जाँदैछन् ।
दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक छ । प्रतिनिधि सभाको बैठक पछाडि वा शुक्रबार बिहान सबै दलका शीर्ष नेताहरु, प्रमुख सचेतक र सचेतकहरुको बैठक राख्ने तयारी छ ।‘संसदको बैठक भएकाले त्यस अगाडि सर्वदलीय बैठक सम्भव भएन । त्यसपछाडि बस्न सक्छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ भदौ २०८०, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने