एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, बाजागाजासहित स्वागत

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १५ : ३१
एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, बाजागाजासहित स्वागत

काठमाडौं। पाकिस्तान र श्रीलंकामा जारी एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आज स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

टोलीलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न थुप्रै समर्थक राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए ।नेपालले पाकिस्तान र श्रीलंकामा एक–एक गरी दुई खेल खेलेको थियो ।

पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।यस्तै, भारतसँग सोमवार १० विकेटले पराजित भए पनि ब्याटिङमा उच्च प्रदर्शन गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस