ब्रासिलिया । चक्रवातपछिको वर्षा र हावाहुरीका कारण दक्षिणी ब्राजिलमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । देशमा थप बाढी आउन सक्ने अनुमान गरिएको छ । रियो ग्रान्डे डो सूलका गभर्नरका अनुसार यो राज्यले भोगेको अहिलेसम्मकै मौसमसम्बन्धी भीषण प्रकोप हो ।
अधिकारीहरूले हजारौँले आफ्नो घर छाडेर हिँड्न बाध्य भएका छन् । करिब ५ हजार जनसङ्ख्या रहेको माकुमको ८५ प्रतिशत भूभाग डुबानमा परेको छ । सयौँलाई घरको छतछतबाट उद्धार गरिएको स्थानीय मिडियाले जनाएका छन् ।
राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले केन्द्र सरकार सहयोगका लागि तयार रहेको जानकारी दिएका छन् । ‘जहाँ समस्या छ, त्यहाँ संघीय सरकार जनतालाई सहयोग गर्न तयार छ,’ उनले भने ।
राज्यमा पछिल्लो २४ घण्टामा ३ सय मिलिमिटरभन्दा बढी वर्ष भएको छ । जसले गर्दा विभिन्न स्थानमा बाढी र पहिरो गएको छ । माकुमका मेयर माटेयस ट्रोजानले धेरै सङ्ख्यामा मानिसहरू बेपत्ता रहेको जनाएका छन् । उनका अनुसार मृतकका सङ्ख्या अझै बढ्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित