काठमाडौ । समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ।
मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो।
मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए।
मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।
बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गर्ने छ।
कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अपेक्षा पूरा गर्न नसक्दा प्रश्न उठे, सुदृढ गर्छौँ’: समाजवादी मोर्चा
समाजवादी मोर्चाकाे बैठक सुरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस