काठमाडौं। इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो ।
विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनियर आशिष सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा शुरू भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो ।
पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो ।सडक कालोपत्रसहितको काम बाँकी रहेको छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए । उनले भने, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।”
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताए । उक्त स्थानमा चिया सङ्ग्रहालय, चिया परीक्षण, चिया बिक्री कक्ष, सभाहललगायत संरचना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १६ : ०६
लेखकबाट थप