काठमाडौं। एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । अध्यक्षका प्रत्यासीले अन्तिमतिर नजिक नजिक बसेर मतदान गरेपछि निर्वाचन सम्पन्न भएको हो। बिहान पौने ९ बजदेखि शुरू भएको मतदान साढे २ बजे सकिएको हो । १००४ जना प्रतिनिधि रहेको मतदान ९६५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
३९ मत खस्न सकेन ।अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल (आर.के.) र प्यूठानका हरि रिजाल प्रतिष्पर्धामा छन् । १६ गतेदेखि शुरू भएको पहिलो लुम्बिनी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलवार बिहानबाट मतदान शुरू गरिएको हो ।
उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन । त्यस्तैगरी दुई जना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।
उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारु चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लिला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहेका छन् ।
५ जना पदाधिकारी सहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिस्पर्धामा छन् । उम्मेदवारहरुसँग छलफल गरेपछि मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १४ : ४७
लेखकबाट थप