प्रेसविरोधी प्रावधान सच्याउन ध्यानाकर्षण

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ भदौ २०७५, ०९ : ११
प्रेसविरोधी प्रावधान सच्याउन ध्यानाकर्षण

नेपाल मिडिया सोसाइटीले मुलुकी फौजदारी संहिताका केही प्रावधान प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने खालका रहेकाले त्यसलाई तत्काल सच्याउन माग गरेको छ ।

मुलुकी ऐन प्रतिस्थापन गरी शुक्रबारदेखि लागू हुने संहिताका २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्बाध काम गर्न पाउने वातावरणमा गम्भीर धक्का पुगेको सोसाइटीको ठहर छ ।

सोसाइटी अध्यक्ष शुभशंकर कँडेलले बिहीबार वक्तव्य जारी गर्दै संहिताका ती व्यवस्था हटाउन र नयाँ ऐन–कानुन बनाउँदा संविधानको धारा १९ को आमसञ्चारको हकलाई विशेष ध्यान दिन आग्रह गरेका छन् । संहितामा भएका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउन तथा त्यस प्रकारको संहिताको व्यवस्था स्वतन्त्र प्रेसको हकमा लागू नहुने कुरा सम्बन्धित पक्षबाट कानुनी रूपमै स्पष्ट पार्न सोसाइटीले माग गरेको छ ।, यो खबर आजकोकान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस