काठमाडौं। भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव अनुमोदन गरेको छ । भारतले नेपालबाट बिजुली किन्न उक्त प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शंकप्रसाद शर्माले बताए ।
यसअघि गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गरेको सम्झौतालाई नै त्यहाँको मन्त्रिपरिषदले अनुमोदन गरेको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
भारतको उक्त प्रस्तावले नेपालको ऊर्जा विकासमा नयाँ रोडम्याप तयार हुने शर्माको भनाइ छ । ‘भारतको यो प्रस्तावले नेपालको ऊर्जा विकासमा नयाँ रोडम्याप तयार हुने छ,' शर्माले भनेका छन् ।भारतको निर्णयपछि ऊर्जामार्फत् हुने नेपालको आर्थिक विकासमा महत्वपूर्ण आर्थिक विकास तथा पुनर्संचरनामा सहयोग पुग्ने शर्माले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले नेपालले पूर्वाधार बढाउने र नेपाललाई बढी भएको बिजुली बेच्ने निर्णय अब विस्तारै कार्यान्वयनमा जाने बताए।‘नेपालले उत्पादन गर्ने र यहीँ खपत गर्ने पहिलो प्राथमिकता हो । बढी भएको बिजुली बेच्दै जाने भएकोले उत्पादन पनि बढाउने भन्ने विषय महत्वपूर्ण हो,' उनले भने, 'नेपालले उत्पादन बढाउँदै जाँदा कुनै वर्ष १ हजार त कुनै वर्ष ५ हजार मेगावाट बिजुली निर्यात गर्ने हुन सक्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
लमजुङमा १७ विद्युत् आयोजनाबाट बिजुली उत्पादन