काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको मंगलबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय खतिवडाका तीन छोरी र एक छोरा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ११ : ००
लेखकबाट थप