काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरवारमा भएको बैठकमा मन्त्री किराँतीले निगम आफैँले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए।
“दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ”, उनले भने। निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन्।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले मन्त्रालयको नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए।
बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्रालयको नीतिगत सुधार र सामूहिक पहलकदमीका लागि मन्त्रलाईलाई समितिले भरपुर सहयोग गर्ने विश्वास दिलाए।
समितिको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ब्रिफिङ लिएको हो । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मन्त्रालयको कार्य प्रगतिबारे प्रस्तुति दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छ : सुदन किराँती
प्रधानमन्त्रीले सहज रुपमा सदनबाट विश्वासको मत पाउनुहुन्छ : किराँती
निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ संस्कृतिमन्त्री किराँतीलाई बुझाइयो
प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने
किरातीले आफैँ गरे मन्त्रालयको कार्यकक्षमा सरसफाइ
हवाई टिकटको मूल्य घटाउने सहमति