एसिया कप क्रिकेट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १६ : ५७
नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।