एसिया कप क्रिकेट

नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की ७ रनमै आउट

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १६ : ३५
नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की ७ रनमै आउट

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन् ।

नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन् । आशिफ शेख २८ रन बनाएर क्रिजमा छन्, भीम आउट भएपछि आशिफलाई साथ दिन रोहित पौडेल पुगेका छन् ।