एसिया कप क्रिकेट

६५ रनमा गुमायो नेपालले पहिलो विकेट

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १६ : १४
६५ रनमा गुमायो नेपालले पहिलो विकेट

काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ । १०औँ ओभरको पाँचौँ बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दूल ठाकुरले आउट गरे ।