एसिया कप किक्रेट

नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १४ : ५३
नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । 

भारत र नेपाल क्रिकेट इतिहासमा पहिलो पटक आमनेसामने हुँदैछन्, यसअघि दुवै टोली क्रिकेटको कुनै पनि फर्म्याटमा आमनेसामने भएका थिएनन् ।