२८ वटा वाणिज्य बैंकको कमाई ५३ अर्ब

पत्रपत्रिकाबाट

शुक्रबार, ०१ भदौ २०७५, ०८ : ०९
२८ वटा वाणिज्य बैंकको कमाई ५३ अर्ब

काठमाडाैँ । लगानीयोग्य रकम अभाव भएको भन्दै गत आर्थिक बर्षका अधिकांश महिनामा बैंकहरुले ऋण प्रवाहमा कडाई गरे पनि नाफामा त्यसको असर देखिएन । 
अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकहरुको नाफा साढे १८ प्रतिशत बढ्नुले यो पुष्छि हुन्छ । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कुल ५३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  अघिल्लो आर्थिक बर्षको अन्त्यमा ती बैंकहरुको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस