काठमाडौ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सव्रिmयता देखाएको छ ।
विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन प्राधिकरण सञ्चालक समितिका निर्णय भइसके पनि प्राधिकरणले सो रकम असुलउपर गर्न सकिरहेको छैन ।
प्रसारण लाइन तथा वितरण सञ्जाल विस्तारमा आफैँले समेत लगानी गर्नुपर्ने दबाममा रहेको प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिनभित्र नतिरे कानुनी व्यवस्थाबमोजिम लाइन काटिने चेतावनी दिएको छ ।
बक्यौता तथा जरिबाना गरी यस्तो रकम २०७२ साउनदेखि १५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बक्यौता रहेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ भदौ २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार