काठमाडौं । म्यानमारविरुद्ध हुने दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि नेपाली टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।
किरणकुमार लिम्बूको कप्तानीमा रहने टोलीमा उनीसहित दीपक कार्की र अभिषेक बराल गोलकिपर रहेका छन् । अन्य खेलाडीमा सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा, एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने छन् ।
उत्सव राई, कृतिसरत्न चुन्जू, आयुष घलान, अञ्जन विष्ट, मनिष डाँगी, नवयुग श्रेष्ठ, आशिष चौधरी, जिलेप्सीजङ कार्की, दिनेश हेनजान र हिसब थपलिया पनि टोलीमा छन् ।नेपालले सेप्टेम्बर ८ र ११ तारिखमा म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सैन्य आक्रमणमा म्यानमारको विस्थापितहरूको शिविरमा २९ को मृत्यु
नेपाल म्यानमारसँग पराजित
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपालीभाषीको भेट
सेनाको हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
म्यानमारको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा