लुम्बिनी एमालेको लालकिल्ला हो, कसैले कमजोर बनाउन सक्दैन : पद्मा अर्याल

सफल खबर संवाददाता

शनिबार, १६ भदौ २०८०, १४ : ४१
लुम्बिनी एमालेको लालकिल्ला हो, कसैले कमजोर बनाउन सक्दैन : पद्मा अर्याल

रुपन्देही । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा नेता विष्णु पौडेल र शंकर पोखरेलको नाममा विवाद खोज्नेहरूलाई लुम्बिनीबाट नै असफल पार्ने बताएकी छन् ।

शनिवार बुटवलमा सुरु भएको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेभित्र गुटबन्दी गरेर कमजोर बनाउने तत्वहरुबाट यस्तो अनावश्यक हल्ला गरिएको बताइन् ।

‘एमालेको लालकिल्ला लुम्बिनीमा पार्टीलाई कमजोर बनाउन यस्तो प्रोपोगाण्डा गरिएको छ, यसबाट हामीहरू विचलित हुँदैनौ, प्रदेशमा एमाले विरुद्ध सबै शक्ति लाग्दा पहिलो शक्ति बनेको छ, यसबाट एमाले र यसमा आस्थावान् कार्यकर्ता विचलित हुँदैन’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस