काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिको विकाससँगै अवसरमात्रै नभएर चुनौती पनि थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज सेजन को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगले चुनौती थपिएको बताए ।
उनले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ । टेक्नोलोजीले सहज बनाउँको साथसाथै चुनौती पनि थपिएको छ । नयाँ नयाँ टेक्नोलोजीको सदुपयोग र दुरुपयोग दुवैको चुनौती थपिएको छ । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको छ ।’
संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको भन्दै त्यसलाई सबैले स्वीकार गरेको उनको भनाई छ । अर्थ मन्त्रालय र आफ्ना विषयमा कुनै प्रश्न भए प्रत्यक्षरुपमा चासो, चिन्ता र प्रश्नका लागि सधैं खुला रहेको उनको भनाई छ ।
उनले भने, ‘संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन’ मन्त्री डा. महतले भन्नुभयो, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थ मन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्षरुपमा चासो, चिन्ता, दुबिधा र प्रश्नका लागि म सधैं खुला छु ।’
उनले देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास भइरहेको जिकिर गरे । मन्त्री महतले अनुमान गरेअनुसार राजश्व नबढेता पनि आउँदो वर्ष लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री र वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण