कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलाशमा

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, ११ : ४६
कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलाशमा

काठमाडौं। कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलाशमा पेशी तोकिएको छ ।एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमाथि न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलाशमा आज अन्तिम सुनुवाइ हुनेछ ।

 

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । मुख्यमन्त्री थापाले सभाध्यक्षसहित मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले उक्त कार्य गैर संवैधानिक भन्दै रिट दायर गरेको थियो ।

 

यसअघि नै न्यायाधीश खतिवडाकै एकल इजलाशले मुख्यमन्त्री थापालाई कुनै पनि दीर्घकालीन निर्णय नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस