दक्षिण अफ्रिका : पाँच तले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०८०, १२ : ४४
दक्षिण अफ्रिका : पाँच तले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु

जोहानसबर्ग । दक्षिण अफ्रिकाको जोहानसगर्बको सेन्ट्रल बिजेनस डिस्ट्रिक्टस्थित एक पाँच तल्ले भवनमा आगलागी हुँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । जोहानसबर्ग आपत्कालीन व्यवस्थापन सेवाले यो जानकारी दिएको हो ।

दक्षिण अफ्रिकाको आर्थिक हब मानिएको क्षेत्रको अविकसित भागमा यो भवन रहेको र यहाँ अनौपचारिक वासस्थानका लागि प्रयोग गरिने गरिएको आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले जानकारी दिए । उनले उद्धार कार्य जारी रहेको बताएका छन् ।घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । के कारणले आगलागी भयो भन्ने अझै खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस