काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलि शुक्रबार पनि सार्वजनिक हुने भएको छ।
काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार (१५ भदौ) पनि बिदा दिने निर्णय गरिएको जनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जारी गरेको सूचनामा भोलि शुक्रबार सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परंपरालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न भदौ १५ गते महानगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा