काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन।
बुधवार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताए । उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताए।
उनले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए । उनले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गरे । उनले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताए।
उनले सरकारको नीतिगत व्यवस्था,कोभिड महामारी,विश्वव्यापी समस्या र श्रीलंकाको डर देखाएर सरकारले लिएको नीतिको कारण अर्थतन्त्र अहिलको अवस्थामा आएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पर्यटन प्रवर्द्धनमा लैंगीक संवेदनशील र लचिलोपन आवश्यक’ : चन्द्रप्रसाद ढकाल
सरकारले निजीक्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैनः चन्द्रप्रसाद ढकाल
‘जेन जेड आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस्’: चन्द्रप्रसाद ढकाल
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक : अध्यक्ष ढकाल
पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउनुपर्छ : अध्यक्ष ढकाल