काठमाडौ । बुद्ध एअरले जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको जहाजका यात्रुहरूलाई अर्को जहाजमा पठाएको छ।
जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको बुद्ध एअरका सूचना अधिकृत दिपेन्द्र कर्णले जानकारी दिए।
उनका अनुसार जहाजमा ६८ यात्रु थिए। ‘उनीहरू सबैलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ,’ कर्णले भने।
सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही जहाजमार्फत् जनकपुर जाँदै थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १० : ३७
लेखकबाट थप