काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरुले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए । उनले जनतको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताए ।
पुनले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताए । पुनले देश राजनीतिक सिस्टममा चल्नुपर्ने बताए । राजनीतिक विधिमा पार्टी र निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्ने उनको भनाइ थियो । पुनले भने, ‘जनताको अपेक्षा के छ भने आज पनि माओवादीले नेतृत्व गरोस् ।
आज पनि कमरेड प्रचण्ड र प्रचण्ड वरिपरीका नेताहरु नेतृत्व गरोस् भनेर सोचेका छन् । त्यो अपेक्षा छ । त्यो अपेक्षामा अलिकति मात्रै ठेस लाग्ने ठूला प्रश्न उठेका छन् । हामी हाम्रो पार्टीका कमजोरीहरु हेर्दा द्वन्द्वात्मक भौतिकवादी कोणबाट हेर्नुपर्छ । आजको स्थिति, ऐतिहासिक पृष्ठभूमि, जनताका अपेक्षा र समकालीन एजेण्डाहरु वरिपरीबाट हेर्ने हो भने हामी सही ठाउँमा पर्छौं नत्र खत्तम नै भयौँ, सिद्धियौँ की के हो ? भन्दा एकातिर नकारात्मक प्रवृत्ति र कुण्ठा, अराजकता देखापर्ने र अर्कोतिर अरु नै कोही छन्। की भन्दा कोही पनि नदेखिने, नेता पनि नदेखिने राजनीति पनि नदेखिने हुँदा एक खालको शुन्यता हुन्छ ।
हामीले भनेको राजनीतिक सिस्टममा देश चल्नुपर्छ । राजनीतिक विधिमा पार्टी चल्नुपर्छ । निश्चित सामाञ्जस्यतामा समाज चल्नुपर्छ । हामी देशको अग्रगामी रुपान्तरणका पक्षपाती हौँ ।’उपमहासचिव पुनले सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छ : वर्षमान पुन
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन
प्रधानमन्त्री, मन्त्री र सांसदका छोराछोरीलाई समावेशीमा रोक्नुपर्छः वर्षमान पुन
'अनुशासित नागरिक उत्पादन गर्न राज्यले खेल क्षेत्रमा जोड दिनुपर्छ' : वर्षमान पुन
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव